परिचय

नेपालको आर्थिक विकासका लागि विशेष गरी तरकारी खेतीले महतवपूर्ण योगदान दिन सक्ने कुरालाई दृष्टिगत गरी कृषि मन्त्रालयको तत्कालीन संरचना अनुसार विक्रम सम्वत् २०३० सालमा तरकारी बीउ उत्पादन केन्द्रको स्थापना भएकोहो। स्थापना काल देखि नै यो केन्द्रले तरकारी बालीहरूको जातीय विकास कार्य गर्दै आएको छ । यस केन्द्र द्वारा केही तरकारी बालीहरूका उत्कृष्ट जातहरू छनौट गरी उन्नत जातहरूको विकास गरेको छ र ती जातहरू मध्ये तत्कालीन नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालयले उन्मोचित गरी व्यवसायिक तरकारी खेतीकोलागि सिफारीश गरिएकोछ । कृषि  तथा सहकारी  मन्त्रालय  तथा कृषि  विभाग अन्तर्गतका  सबै अनुसन्धान आयोजनाहरूको योजना कार्यान्वयन, अनुगमन र  सुपरीवेक्षण  सम्बन्धी  कार्य हालको ने.कृ.अ.परिषद्बाट गराउने गरी  मिति २०४४/०७/२५ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार तरकारी बाली सम्बन्धी अनुसन्धानात्मक कार्यहरू ने.कृ.अ.प.लाई जिम्मा दिएपछि तरकारी बाली सम्बन्धी अनुसन्धान सम्बन्धी कार्यहरू बागवानी अनुसन्धान महाशाखाले गरीरहेको छ भने यस  केन्द्रले मुख्यतया तरकारी बालीहरूको विभिन्न  जातहरूका प्रजनन्एव मूल बीउ उत्पादन गरी जातीय सम्वद्र्धन कार्यलाई निरन्तरता दिनुको साथ-साथै तरकारी बेर्ना उत्पादन तथा तरकारी खेतीमा संलग्न कृषकहरूलाई प्राविधिक सेवा–टेवा दिईरहेकोछ । विगतमा चार चरणः प्रथम, १९८१ फरवरी देखि १९८४ जून (२०३०–२०४०) दोश्रो, १९८४ जुलाई देखि १९८७ जुन (२०४०– २०४३) तेश्रो, १९८७ जुलाई देखि १९९१ सम्म (२०४३–२०४७) चौथो, सन्१९९२ देखि १९९५ सम्म ( २०४८–२०५२) गरी १४ वर्ष तरकारी बीउ उत्पादन योजना “ताजा तरकारी तथा तरकारी बीउ उत्पादन आयोजनाको“ नाममा योजनाहरू संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन ९ँब्इ० को सहयोगमा संचालन भएको थियो। त्यस अवधिमा तरकारी उत्पादन र तरकारी बीउ उत्पादन कार्यक्रम अन्तर्गत महत्वपूर्ण क्रियाकलापहरू संचालन भएका थिए जो निम्न प्रकार छन्ः–

  • तरकारी बालीहरूका नयाँ जातहरू भित्र्याउने कार्य।
  • जातीय सम्वद्र्धन गर्न प्रजनन तथा मूल बीउको उत्पादन कार्य। 
  • बीउ प्रशोधनशालाको स्थापना र सशक्तिकरण कार्य।
  • ताजा तरकारी एवं तरकारी बीउ  विकास गर्नेकार्य

उपरोक्त आयोजनाका मुख्य कार्य–स्थलहरू मध्ये तरकारी बीउ उत्पादन केन्द्र, खुमलटार प्रमुख स्थलको रूपमा थियो। यस केन्द्रको परिसर भित्र योजनाको कार्यालय स्थापना गरी कार्यक्रम संचालन गरेको थियो। योजनाकाल समाप्त भए पछि तालिम घर, बीउ प्रशोधन संयन्त्र, जाली घरका फलामे फ्रेमहरू र काम लाग्ने तरकारी बीउ यस केन्द्रलाई हस्तान्तरण गरियो भने अन्य भौतिक सुविधाहरू (गाडीहरू समेत) तत्कालीन तरकारी विकास महाशाखालाई हस्तान्तरण गरियो। आयोजनाले यस केन्द्रमा सिंचाईको पूर्वाधार जडान गर्न प्रयास गरेको तर त्योअधुरो नै रह्यो।

यस केन्द्रलाई सशक्तिकरण र सुविधा सम्पन्न गर्नमा आयोजनाले ध्यान नदिएकोदेखिन्छ । विक्रम सम्वत् २०५२÷४÷१ देखि कृषि तथा सहकारी मन्त्रालयको संगठनात्मक परिवर्तन पश्चात् यस केन्द्रलाई कृषि विभागकोक्षेत्रीय कृषि निर्देशनालय अन्तर्गत राखी संचालन हुँदैआएकोमा पछि योकेन्द्र नेपाल सरकारको वि.सं. २०५८ सालको निर्णय अनुसार तरकारी विकास निर्देशनालय अन्तर्गत संचालित भईरहेकोछ ।